Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेशमा सरकार बनाउन माओवादी केन्द्र निर्णायक हुने


3K
Shares

गण्डकी प्रदेशमा सरकार बनाउन माओवादी केन्द्र निर्णायक हुने

पोखरा, २२ मंसिर । गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ।

६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित ठूलो दल बनेको छ।

नेकपा एमालेले २२ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले ७ सिट जितेर तेस्रो ठूलो दल भएको छ।

राप्रपाको २ सिट छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट १ सांसद छन् भने स्वतन्त्र जितेका राजिव गुरूङ हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। गण्डकीमा गठबन्धनकै सरकार बन्ने देखिन्छ।

कांग्रेस र माओवादी मिलेमा सरकार बनाउन बहुमत पुर्‍याउन सक्छन्। तर केन्द्रमा रहेको गठबन्धनअनुसार नै सरकार बनेमा एकीकृत समाजवादीका राजिव गुरूङले पनि स्थान पाउने सम्भावना छ।

कांग्रेसको २७ र माओवादीको ७ सिट गरी ३४ सिट पुग्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology