Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बस र ट्रक ठोक्किँदा १७ जना घाइते


945
Shares

बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपुर, २२ मंसिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।

बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले जानाकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology