Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एक महिला मृत अवस्थामा फेला


5.4K
Shares

गोरखामा एक महिला मृत अवस्थामा फेला

गोरखा, २१ मंसिर । गोरखामा एक महिला मृत अवस्थामा फेला परेको छ । सिरानचोक गाँउपालिका वडा नं. ६ की अन्दाजी ५० वर्षकी मानु गुरुङको शव फेला परेको जौवारी प्रहरी चौकीका प्रहरी निरिक्षक विक्रम कुवरले जानकारी दिनुभयो ।

बिहान १० बजे सम्म स्थानीयले गाँउमै देखेकी गुरुङ दिउँसो १ बजेतिर दरौंदी नदिको किनारमा मृत फेला परेको हो । शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । खबर पाए लगतै प्रहरी घटनास्थलमा पुगेको थियो ।

गुरुङको मानसिक सन्तुलन कमजोर भएको स्थानीयलाई उद्धत गर्दै प्रहरी निरिक्षक कुवँरले बताउनुभयो । ‘उहाँको मानसिक सन्तुलन पनि कमजोर रहेछ स्थानीयले बिहान १० बजे सम्म देखेको पनि रहेछ’ उहाँले भन्नुभयो, ‘ दिउँसो १ बजेतिर भने नदी किनारमा शव भेटिएको हो ।’

शरिरमा कुनै चोटपटक नदेखिएकाले नदी तर्ने क्रममा बगाएर मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । ‘शरिरमा त्यस्तो कुनै चोट पटक छैन, उहाँले लगाउनु भएको कपडा गरगहना पनि केही भाको छैन ।’ प्रहरी निरिक्षक कुवँरले भन्नुभयो, ‘घटना शंकास्पद नदेखिएकाले नदी तर्ने क्रममा बगाएर मृत्यु भएको होकी भनेका र्छौ ।’

घटना शंकास्पद नदेखिएकाले परिवार स्रोतलाई खबर गरेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology