गोरखा, २१ मंसिर । शहिद लखन गाँउपालिकामा लैङगिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत आज कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजनामा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा बुङकोटमा कार्यक्रम गरिएको हो ।

कानुनी सचेतना सँगै लैङगिक हिंसा विरुद अन्तरक्रिया कार्यक्रम पनि गरिएका गाँउपालिकाकी उपाध्यक्ष इन्दिरा तिवरीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा गाँउटोलमा लुकेर बसेको हिंसा उजागर गर्ने, हिंसाबाट उन्मुक्ति दिलाउनेबारे छलफल गरिएको उहाँले बताउनुभयो ।

टोल बिकास समिति, निगरानी समूह, महिला समूह, महिला सहकारी समूहका महिलाहरु सहित ५५ जनाको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा समाजमा हुने गरेका महिला हिँसा, कानुनुी उपचार, हिँसामा परेकाहरुको न्यायिक उपचार लगायतका बिषयमा जानकारी गराएको छ ।

गाँउपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष शरण श्रेष्ठ , वडा नंं. ८ का वडाध्यक्ष बासु ढकाल, वडा नं. ९ का राम कुमार श्रेष्ठ तथा कार्यपालिका सदस्यलगायतको उपस्थिती रहेको थियो ।