Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

श्रीमतीको हत्या गरीे आत्मसमर्पण गर्ने आफै पुगे प्रहरी कार्यलय


1.9K
Shares

श्रीमतीको हत्या गरीे आत्मसमर्पण गर्ने आफै पुगे प्रहरी कार्यलय

काठमाडौं, २१ मंसिर । सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका(३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो।

उनले मंगलबार दिउँसो आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरको हत्या गरेको आरोप छ। अम्मरले धारिलो हतियार हँसियाको प्रहार गरी हत्या गरेको एसपी विष्टले बताउनुभयो।

उनले श्रीमतीको हत्यापछि टाउको काटेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ। बजारसम्म पुगिसक्दा स्थानीयले देखेर सोधिखोजी गरेपछि प्रहरीलाई बोलाइएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

एसपी विष्टका अनुसार पक्राउ परेका अम्मरबहादुर गत वैशाखमा मात्रै भारतबाट घर फर्किएका थिए । उनी वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्ष दुबई, ३ वर्ष मलेसिया र भारतमा ४(५ महिना बसेर फर्किएका थिए
। वैदेशिक रोजगारमा कमाएर श्रीमतीलाई पठाएको रकम सकाएको कारणले पनि उनीहरूबीच झगडा हुने गरेको एसपी विष्टले जानाकारी दिनुभयो।

त्यस्तै फेसबुकमा पनि धेरै समय बिताउने गरेको कारणले शंका पैदा भएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको विष्टले बताउनुभयो ।

हत्या गरेर टाउको आफैंले झोलामा बोकेर हिँडे पनि बाँकी अरू भाग भने उनले घरमै छाडेका थिए । शवको पोष्टमर्टम गर्न प्रदेश अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। यता अम्मरबहादुरमाथि थप अनुसन्धान गर्न कागजी काम गरिरहेको एसपी विष्टले जानाकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology