काठमाडौं, २१ मंसिर । हुम्लामा तारा एयरको जहाजसँग चिल ठोक्किएको छ । बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिनुभयोदिनुभयो।
नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो। नेपालगञ्जबाट उक्त कार्गो जहाज १२स्४५ मा उडेको थियो । त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्छ । विमानस्थल पुग्नु ४(५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको सुवेदीले बताउनुभयो।
चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ। जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए। उनीहरू सुरक्षित छन्।