Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुपरमाई हाइड्रोपावरको आइपिओ खुल्यो


1.4K
Shares

सुपरमाई हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं, २१ मंसिर । सुपरमाई हाइड्रोपावरले आज (बुधबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको हो। त्यस्तै, ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ४० प्रतिशत अर्थात् २ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरूमा र बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलामको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। दुवै समूहका लगानीकर्ताले पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन्।

उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावितले भने पुस २१ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा गएका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने बताइएको छ।

कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology