गोरखा, २१ मंसिर । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा आजदेखी आँखा परिक्षणसहितको शल्यक्रिया शिवर सुरु भएको छ । गाउँपालिकाको आयोजना र नेत्रज्योति संघ गोरखाको प्राबिधिक सहयोगमा आँखा शिवर सुरु भएको हो ।
पालिका भित्रका आँखाका समस्य भएका नागरिकको उपचार गर्नका लागी शिविरको आयोजना गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण ट्टले जानकारी दिनुभयो । बुधबारबाट सुरु भएको शिविरका लागी सूचना मार्फत पलिका भित्रका सबै वडामा शिविर हुने स्थान र समय पनि तोकिदिएको उहाँको भनाई छ ।
पहिलो आज वडा नंं.१ को बारपाक स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी शिविर सुरु भएको जनाएको छ । यस्तै वडा नं. २ मान्द्रे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म शिविर हुनेछ । भोली बिहीबार २२ गते वडा नं.३ को सौरपानी स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म बिहीबारनै वडा नंं. ४ रन्चोक सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा दिउँसो १ बजेदेखी ४ बजेसम्म शिविर हुनेछ भने वडा नं.४ कै स्वाँरा स्वास्थ्य चौकीमा शुक्रबार बिहान १० बजेदेखी ३ बजेसम्म शिविर हुने सूचनामा उल्लेख छ ।
शनिबार वडा नं. ७ पाँचखुवा देउराली स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म र दिउँसो १ बजेदेखी ४ बजेसम्म वडा नं.८ पन्द्रुङ स्वास्थ्य चौकीमा शिविर हुनेछ । यस्तै आइतबार वडा नं. ५ ताकुमाझ स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म र दिउँसो १ बजेदेखी ४ बजेसम्म वडा नं. ६ ताकुकोट स्वास्थ्य चौकीमा शिविर हुने जनाएको छ । यसैगरी पुष ५ र ६ गते वडा नं.५ ताकुमाझ स्वास्थ्य चौकी, लाकुरीबोटमा बिहान १० बजेदेखी ३ बजेसम्म शल्यक्रिया सहितको शिविर हुने जनस्वास्थ्य निरिक्षक भट्टले बताउनुभयो ।