Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दक्षिण कोरियाका पोर्चुगिज प्रशिक्षक बेन्टोले पद छाडे


1K
Shares

दक्षिण कोरियाका पोर्चुगिज प्रशिक्षक बेन्टोले पद छाडे

काठमाडौं, २० मंसिर । फिफा विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले पद छाड्ने घोषणा गरेका छन् ।

गएराति भएको खेलमा ब्राजिलसँग ४–१ गोलअन्तरमा पराजित भएपछि कोरिया विश्वकपबाट बाहिरिएको हो । ५३ वर्षीय पोर्चुगिज प्रशिक्षक बेन्टो सन् २०१८ मा दक्षिण कोरिया राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

‘हामी भविष्यका बारेमा सोचिरहेका छौं । तर, तत्कालका लागि म दक्षिण कोरियाको राष्ट्रिय टिमबाट बाहिरिएको छु’, बेन्टोले भनेका छन्, ‘मैले अहिले खेलाडी र दक्षिण कोरियाली फुटबल महासंघका अध्यक्षलाई यसबारे जानकारी दिएको छु । तर, यो निर्णय सेप्टेम्बरमै भएको थियो ।’

उनले आफूद्वारा प्रशिक्षित टिमको प्रदर्शनमा पूर्ण सन्तुष्ट रहेकोसमेत बताए । ‘उनीहरुले अफ्नो शत प्रतिशत दिएका छन् । उनीहरुको प्रशिक्षक बन्न पाउनु मेरा लागि खुसी र गर्वको कुरा हो’, बेन्टोले थपे । बेन्टो प्रशिक्षित टिमले विश्वकपको समूह चरणमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गरी समूह एचको उपविजेताका रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology