Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बिहे भोज खाएका ३५ जना बिरामी


1.9K
Shares

बिहे भोज खाएका ३५ जना बिरामी

प्युठान,२० मंसिर । विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो ।

शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो ।

प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माका अनुसार बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा ल्याइएको थियो ।प्युठान प्रहरीका प्रवक्ता थापामगरका अनुसार बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology