Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

युवतीले युवककै घरमा गरिन् ‘आत्मदाह’


1.4K
Shares

युवतीले युवककै घरमा गरिन् ‘आत्मदाह’

काठमाण्डौं २० मंसिर । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले युवककै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।

गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित युवकको घरमा पुगी आफ्नो शरीरमा प्रज्वलन शिल पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

काठमाण्डौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार विवाह रद्व भए पछि युवतीले युवकको घरमा पुगेर आत्मदाह गरेकी थिइन । प्राप्त पछिल्लो जानकारी अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच सहमतीमा नै मगती इन्गेजमेन्ट भएको थियो ।

केही दिनअघि मात्र मगनी टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् । पारिवारिक स्रोतका अनुसार सहमतिमै उनीहरूको मगनी भएको बताइएको थियो ।

घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । जाहेरी परे लगत्तै सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology