गोरखा १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टि (माओबादि केन्द्र ) को सिरानचोक गाउँ पालिकाले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समिक्षा गरेको छ । गाउँपालिका पार्टी समितिको आयोजनामा भएको चुनावी समिक्षामा निर्वाचनका क्रममा गठबन्धनमा आबद्ध दलहरुको तर्फबाट अपेक्षाकृत मत आफ्नो पार्टीका उमेद्वारलाई नआएको निस्कर्ष बैठकले निकालेको हो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य पर्शुराम रम्तेलले काग्रेसका एक पक्षले खुलेर सहयोग गरेको भएपनि काग्रेसकै अर्का पक्षले गठबन्धनमा माओवादी केन्द्का उमेद्वारहरुलाई असहयोग गरेको बताउनुभयो । उहाँले काग्रेसका भित्र रहेका फरक-फरक समुह मध्ये एकाथरीले गठबन्धनका तर्फबाट उमेद्वार रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई मतदान गरेको भएपनि काग्रेसकै अर्काथरी पक्षले गठबन्धन बिरोधी शक्तिलाई मतदान दावी गर्नुभयो ।
प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा काग्रेसले माओवादी केन्द्रका मात्र नभएर आफ्नै पार्टीका उमेद्वार सुरेन्द्र पाण्डेलाई समेत भोट नहालेको उहाँको दावी छ । उहाँ सही ढंगबाट कार्यकता परिचालन गर्न नसक्दा अपेक्षाकृत मत ल्याउन नसकिएको स्विकार्नु पनि गर्नुभयो। “हामी ईमान्दार भईयो, कार्यक्रममा कार्यकर्ता प्रशिक्षण व्यापक बनाउनु पर्ने थियो, “केन्द्रीय सदस्य रम्तेलले भन्नुभयो, हामीले कमजोरी गर्दा गगन जस्ता काङ्ग्रेसले फाइदा लिएका छन् ।”
उहाँले आफ्नो पार्टी राष्ट्रिय एकताको कारण पनि ईमान्दार बनेर निर्वाचनमा होमिएको भएपनि काग्रेसका एक पक्षले इमान्दारिता गुमाएको बताउनुभयो । “अहिले माओबादीहरु एक भएर समीक्षा गरेर अगाडि बढ्नुपर्ने अबस्था छ, केन्द्रीय सदस्य रम्तेलले भन्नुभयो, माओबादीहरुको सांगठनिक अबस्था अहिले पनि राम्रो छ, शहरमा केही समस्या होलान् त्यसलाई नयाँ ढंगले कार्यक्रम निर्माण गरेर अघि बढ्नुपर्छ ।” सरकार बनाउने बिभिन्न कोण मध्ये एउटा शक्तिको रुपमा माओबाददी नै रहेको उहाँको भनाइृ छ ।