Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेशका मन्त्री मनाङे एकीकृत समाजवादीमा प्रवेश


2.3K
Shares

गण्डकी प्रदेशका मन्त्री मनाङे एकीकृत समाजवादीमा प्रवेश

गोरखा, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ।

गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुनु भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएको हो । उहाँलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनु भएका हुन् ।

आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाँले बताउनुभयो । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ –ख) बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् मनाङेद्धारा जारी विज्ञप्तिः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology