Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकाले किसानहरुलाई उपलब्ध गराइने अनुदानका लागि निवेदन माग


1.4K
Shares

भीमसेन थापा गाउँपालिकाले किसानहरुलाई उपलब्ध गराइने अनुदानका लागि निवेदन माग

गोरखा, १९ मंसिर । भीमसेन थापा गाउँपालिकाले चाल आर्थिक बर्षमा किसानहरुलाई उपलब्ध गराइने अनुदान कार्यक्रमका लागि निवेदन माग गरेको छ । गाउँपालिकाले यहीँ कात्तिक ३० गते भित्रमा अनुदान लिन चाहाने किसान, कृषि उद्यमी, कृषक समुह, कृषि फर्म तथा कृषि सहकारीहरुलाई दरखास्त दिन आवहन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुयो ।

गाउँपालिकाले कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत किसानलाई हाते ट्याक्टर बितरण, साना कृषि औजार उपकरण अन्र्तगत इलेक्ट्रिक स्प्रे, भकारो सुधार कार्यक्रम तथा महिला कृषक समुहलाई तरकारी खेतीमा अनुदान कार्यक्रमका लागि निवेदन माग गरेको हो । गाउँपालिकाले अनुदानका लागि निवेदन माग गरेका कार्यक्रमहरु मध्ये हाते ट्याक्टर बितरण, साना कृषि औजार उपकरण अन्र्तगत इलेक्ट्रिक स्प्रेमा तथा महिला कृषक समुहलाई तरकारी खेतीमा कृषकको लागत साझेदारी रहने गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।

भकारो सुधार कार्यक्रम भने बढीमा ५० प्रतिसत वा १२ हजार रुपैयामा पालिकाले उपलब्ध गराउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले पालिका भित्र कृषि उत्पादन बृद्धि गर्दै पालिकालाई कृषि उत्पादनमा आत्मानिर्भर बनाउन तथा कृषिलाईं प्रबिधि मैत्री बनाउदै कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिने कृृषि अनुदान कार्यक्रममा जोड दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology