Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

खाग काटिएको अवस्थामा गैंडा मृत फेला


1.5K
Shares

खाग काटिएको अवस्थामा गैंडा मृत फेला

चितवन, १८ मंसिर । चितवनको कालिका नगरपालिका १ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन ।

डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैंडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology