Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

ब्राजिलका दुई खेलाडी विश्वकपबाट बाहिर, नेइमार खेल्ने विषयमा निर्णय आउन बाँकी


1.8K
Shares

ब्राजिलका दुई खेलाडी विश्वकपबाट बाहिर, नेइमार खेल्ने विषयमा निर्णय आउन बाँकी

काठमाडौं, १८ मंसिर । ब्राजिलियन फरवार्ड गाब्रियल जेसस र डिफेन्डर एलेक्स टेलासले फिफा विश्वकप २०२२ का बाँकी खेल खेल्न नसक्ने भएका छन्।

समूह चरणमा क्यामरुनसँग १—० गोलले पराजित भएको खेलमा ब्राजिलका दुवै खेलाडी घाइते भएका थिए। दुवैको दायाँ घुँडामा चोट लागेको थियो।

ब्राजिलियन फुटबल एसोसिएनले दुवै खेलाडीले फिफा विश्वकप २०२२ का बाँकी खेल खेल्न असम्भव भएको बताएको छ।

ब्राजिलले अन्तिम १६ को खेलमा सोमबार दक्षिण कोरियासँग खेल्दैछ।

दुवै खेलाडी अब कतारमै बस्ने वा कतारबाट फर्किएर बाँकी उपचार अघि बढाउने विषयमा भने अझै निर्णय भएको छैन।

यसअघि ब्राजिलका फरवार्ड नेइमार पनि घाइते भएका थिए। उनी टिमबाट खेल्ने विषय अझै पक्का भइसकेको छैन।

त्यस्तै अर्का डिफेन्डर डानिलोले चोटकै कारण क्यामरुनविरुद्धको खेल खेलेका थिएनन्। स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्का खेलाडी एलेक्स सान्द्रोको पनि हिपमा समस्या देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology