Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए


903
Shares

मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

जनकपुरधाम,१७ मंसिर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् ।

भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् । शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए ।

राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताउनुभयो ।

कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ। उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए।

घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology