Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कार्यालय प्रमुखले गरे झुन्डिएर आफ्नै कार्यालयमा आत्महत्या


3.2K
Shares

कार्यालय प्रमुखले गरे झुन्डिएर आफ्नै कार्यालयमा आत्महत्या

काडमाडौं, १६ मंसिर । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेका छन्।

शुक्रबार बिहान पौने ११ बजेतिर धुलिखेलस्थित आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो। आत्महत्या गर्ने घिमिरे काठमाडौं मातातीर्थका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

कार्यालयको छतमा रहेको ट्रस्टको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको जोशीले बताउनुभयो। परिवार स्रोत आइपुगे पछि पोस्टमार्टमका लागि शव लैजाने प्रहरीको तयारी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology