Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निर्वाचनको १२ दिनपछि मतगणना थालिएको बाजुरामा फेरी रोकियो गणना


1.9K
Shares

निर्वाचनको १२ दिनपछि मतगणना थालिएको बाजुरामा फेरी रोकियो गणना

बजुरा १६, मंसिर । निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ । बिहीबारबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो ।

हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो । मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मत ल्याएर अग्रता लिइरहनु भएको छ ।

उहाँलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइ रहनुभएको छ  । बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology