Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

हत्या आरोपमा वडाध्यक्ष पक्राउ


938
Shares

हत्या आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी, १५ मंसिर । बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सुर्य थापाले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको पुष्टि गरे । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरिएको भन्दै डीएसपी थापाले उनीहरुको नाम खुलाउन मानेनन् ।

अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको मंसिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप छ ।

मतदान सकेर घर फर्किएका अयडीमाथि राति घरमै आक्रमण गरेर कुटपिट गरिएको थियो । मतदानकै क्रममा भएको विवादलाई लिएर प्रहरीले गोली चलाउदा कांग्रेस कार्यकर्ता सञ्जित अयडीको मृत्यु भएको थियो । विवादपछि मतदान स्थगित भएको उक्त केन्द्रमा पुनः मतदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology