Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विवाहको केही घण्टापछि नै गायकको मृत्यु, श्रीमती स्तब्ध


1K
Shares

विवाहको केही घण्टापछि नै गायकको मृत्यु, श्रीमती स्तब्ध

काठमाडौं १५, मंसिर । हलिउडका चर्चित कन्ट्री सिंगर जेक फ्लिंटको निधन भएको छ । उनले २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही घण्टापछि उनको निदाइरहेकै बेला निधन भयो । गायकको अचानक निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् । जेक ३७ वर्षका थिए । उनको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।

स्तब्ध छिन् जेककी श्रीमती

जेक फ्लिंट ओक्लहोमामा बस्थे । गायकका पब्लिस्स्टि क्लिफ डायलले यो खबर पुुष्टि गरेका हुन् । उनले दिएको जानकारी अनुसार २६ नोभेम्बर शनिबार ब्रेन्डासँग विवाह गरेको केही घण्टापछि जेक फ्लिंटको निधन भएको थियो । जेककी श्रीमती ब्रेंडाको हालत निकै खराब छ । उनले श्रीमानको मृत्युबारे सोसल मिडिषमा एउटा पोस्ट पनि सेयर गरेकी छिन् ।

ब्रेंडा फ्लिंटले फेसबुकमा लेखिन्, ‘हामीले अहिले हाम्रो विवाहको तस्बिर हेर्नुपर्ने थियो तर यतिबेला मैले आफ्नो श्रीमानलाई कुन कपडामा अन्त्येष्टि गर्ने भनेर सोच्नु परिरहेको छ । मानिसहरुले यस्तो दुःख पाउनु हुँदैन । मेरो मुटु मबाट चुँडियो र मलाई उनको आवश्यकता छ । म चाहन्छु, उनी फिर्ता होउन् । मैले यो सहन सकिरहेको छैन । मलाई उनी यहाँ चाहिन्छ ।’

पब्लिसिस्टले यसो भने

इन्टरटेनमेन्ट टुनाइटसँग कुरा गर्दै क्लिफ डायलले भने, ‘जेक फ्लिंट ओक्लहोमाको रेड डर्ट म्युजिक सिनका एम्बेसडर थिए । उनी एक उत्कृष्ट गायक, रेकर्डिङ आर्टिस्ट र डिमान्डमा पर्ने लाइभ परफर्मर थिए । उनको दयालु स्वभाव र मानवताको प्रमाण यो हो कि उनी अन्य कलाकारलाई सधैँ समर्थन गर्दथे । जसलाई आवश्यक पर्दथ्यो उनीहरुलाई सहयोग गर्न सधैँ अघि बढ्थे । उनको प्यारो मुस्कान र ठट्यौली पारालाई धेरैले मन पराउँथे । म मान्छु कि उनको सङ्गीतका साथै उनको लेगेसी पनि सधैँ स्थापित रहनेछ ।’

जेक फ्लिंटकी साथी र पूर्व म्यानेजर ब्रेन्डा क्लाइनले पनि उनको निधनमा शोक जताएकी छिन् । ब्रेन्डाका अनुसार फ्लिंट उनको छोराजस्तै थिए । यस्ता गायकको निधन एउटा निकै ठूलो त्रासदी भएको उनले बताएकी छिन् । साथै उनले जेक फ्लिंटका परिवार र साथीहरुका लागि समवेदना व्यक्त गरेकी छिन् ।

जेक फ्लिंटले सन् २०१६ मा आफ्नो गायन सुरु गरेका थिए । उनको पहिलो एल्बमको नाम ‘आइ एम नट ओके’ थियो । सन् २०२० मा उनको दोस्रो एल्बम रिलिज भयो जसलाई उनले आफ्नो नाममा राखेका थिए । उनका गीत फायरलाइन, ह्वाट्स योर नेम निकै चर्चित थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology