Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु


1.7K
Shares

दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु

सप्तरी,१५,मंसिर । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएकी नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताउनुभयो ।

दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology