काठमाडौं, १३ मंसिर । कारोबारको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।