Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नक्कली प्रशासकिय अधिकृत बनेर हिड्दै गरेका गोरखाका एक युवक पक्राउ


1.9K
Shares

नक्कली प्रशासकिय अधिकृत बनेर हिड्दै गरेका गोरखाका एक युवक पक्राउ

गोरखा, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकासकिय अधिकृत बनेर हिड्दै गरेका गोरखाका एक युवकलाई पक्राउ गरेको छ । शहिद लखन गाउँपालिका–४ ताक्लुङ घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफुलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

आईतबार दिउँसो ३ः४५ बजेको समयमा परियारले आफुलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगि गरिरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामति कर्मचारीको पोशाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, आकाश चन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टी गरेको छ ।

परियारलाई पक्राउ गरी उनी बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू, ल्यापटप, नगद ६३ हजार रुपैयाँ, पेनड्राईभ लगायतका सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।

नक्कली प्रकासकीय अधिकृत बताउने परियार विरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology