Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

 गेष्ट हाउसमा पुरुष मृत फेला


1.8K
Shares

 गेष्ट हाउसमा पुरुष मृत फेला

काठमाडौं,१२ मंसिर । काठमाडौंको माछापोखरी स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला मृत फेला परेका हुन् ।

मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology