Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे


1.9K
Shares

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

काठमाडौं,१२ मंसिर । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भन्नुभयो ।

विवाह समारोहमा अभिनेता सलिनमान बनिया, कोरियोग्राफर रामजी लामिछाने लगायत उपस्थित थिए । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology