गोरखा, १२ मंसिर । गोरखामा निशुल्क मुटु रोगसम्बन्धी शिविर हुने भएको छ । रोटरी क्लव अफ गोरखाको आयोजना तथा सेभ द हर्ट, मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्प्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा यहीँ मंसीर २३ र २४ गते शिविर हुन लागेको हो ।
शिविरमा मुटु सम्बन्धि बिरामी, मुटुको समस्याको शंकास्पद बिरामी, उच्च रक्तचापको औषधि सेवन गरेका बिरामी, जन्मजात मुटुको समस्या भएका बालबालिका, मुटुको शल्यक्रिया गरेका बिरामीको उपचार निशुल्क गरिने रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले जानकारी दिनुभयो ।
त्यस्तै हृदयघात भएका बिरामी र तिनका परिवार, स्कुल उमेरका बालबालिकाको मुटु परिक्षण साथै बिरामीको र शंकास्पद बिरामीको निशुल्क इकोकार्डियोग्राफी र इ सि जि लगायत अन्य आबश्यक थप उपचार हुने क्लवका उहाँले बताउनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वको टोलि लगायत चिकित्सकहरुको सहभागीतामा परीक्षण हुने क्लवले जनाएको छ । हरेकवर्ष जस्तै यस वर्ष पनि मुटुको निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो ।