Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विश्वकप फुटबल :जापानलाई कोस्टारिकाले हरायो


1.4K
Shares

विश्वकप फुटबल :जापानलाई कोस्टारिकाले हरायो

काठमाडौं, ११ मंसिर । फिफा विश्वकप २०२२ मा जापानमाथि कोस्टारिकाले जित हात पारेको छ। आइतबार भएको समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानमाथि १(० गोलको जित हात पारेको हो। ८१ मिनेटसम्म दुवै पक्षले गोलका लागि प्रयास गरेका थिए। जसमा कोस्टारिका सफल भयो ।

८१ मिनेटमा अग्रता लिएको कोस्टारिकाका लागि फुलरले गोल गरेका थिए । जितसँगै कोस्टारिकाले अन्तिम १६ को सम्भावना जीवित बनाएको छ। कोस्टारिका २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

दोस्रो स्थानको जापानको पनि समान खेलबाट समान अंक छ । शीर्ष स्थानको स्पेनको एक खेलबाट ३ अंक छ भने पहिलो खेलमा हार बेहोरेको जर्मनी अंकबिहीन छ । आज राति यो समूहका जर्मनी र स्पेनबीच भिडन्त हुँदैछ ।

जर्मनीका लागि अन्तिम १६ मा स्थानमा बनाउन आजको खेलमा हार टार्न सके सहज हुन सक्छ। यसअघि समूहको पहिलो चरणको खेलमा स्पेनले कोस्टारिकालाई ७(० र जापानले जर्मनीलाई २(१ गोलले हराएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology