तेह्रथुम,११ मंसिर । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिनुभयो।
शनिबार साँझ को २१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि धरान लैलाने क्रममा उहाँको बाटोमै मृत्यु भएको हो ।