Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


1.1K
Shares

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

वीरगञ्ज,११ मंसिर । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो ।

शनिबार राति वीरगञ्ज वडा नं।१४ नर्सिङ माविस्थित सडक खण्डमा मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज अन्सारी घाइते भएका थिए । उनीहरुको उद्दार गरी वीरगञ्जकै स्पर्स मल्टी पर्पस हस्पटिलमा उपचारका लागि लगिएको थियो ।

उपचारकै क्रममा मोटरसाईकल चालक सहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । लास जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology