Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

समानुपातिकमा रास्वपालाई पछि पार्दै माओवादी उक्लियो तेस्रो स्थान, कटायो १० लाख मत


2.3K
Shares

समानुपातिकमा रास्वपालाई पछि पार्दै माओवादी उक्लियो तेस्रो स्थान, कटायो १० लाख मत

काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ मध्ये १५६ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ।

यता प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरूआतदेखि नै अग्रता कायम गरिररहेको छ। एमालेको २४ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ।

निर्वाचन आयोगको दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार एमालेले २४ लाख २१ हजार ७९६ मत प्राप्त गरेको छ। कांग्रेसले २३ लाख २ हजार ७२६ मत पाएर दोस्रो स्थानमा छ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले १० लाख ७ हजार ७२२ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७ सय ४२ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ६३०, जनता समाजवादी पार्टीले ३ लाख २ हजार १८७, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ३६ हजार ७५४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology