वीरगञ्ज,११ मंसिर । बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो ।
शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र।२(०३(००१ ह ४३३ न।को अटोले ठक्कर दिएको थियो ।
सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । अटो चालक निजगढ(८ बस्ने २५ वषर्ीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।