Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


1.2K
Shares

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, ११ मंसिर । भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति सवा ११ बजे मध्यपुर थिमी नगरपालिका—६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो।

प्रदेश ३—०१—०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि भक्तपुर नगरपालिका—१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवालाई उपचारको लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताउनुभयो।

मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका—७ गोलमडी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको उपचार भइरहेको छ।

प्रहरीले दुबै सवारीसाधन र गाडीका चालक सिन्धुली फिक्कल गाउँपालिकाका २७ वर्षीय लाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology