गोरखा, ११ मंसिर । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा भोली (मंसिर १२) गतेदेखी १७ गते सम्म स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । गाँउपालिका र स्वादेशी नेपालको आयोजना शिविर हुन लागेको हो । आज एक सूचना जारी गर्दै पालिका भित्रका ८ वटै वडालाई समेट्ने गरी स्वादेशी तथा विदेशी महिला डक्टरद्धारा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिने गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिनुभयो ।
पहाडी भेगका महिलाहरुमा देख्ने आङ खस्न समस्याको पहिचान गरी अपरेशन गरेर वा बिचैमा व्यवस्थापन गर्न सकिन्छ भनेर शिविर गर्न लागिएको उहाँले बताउनुभयो । ‘पहाडी भेगमा महिलाहरुको आङ खस्ने सारै समस्या छ ।’ उहाँले भन्नुभयो, ‘शिविरमा उनीहरुको स्क्यानीङ गरेर रोग पत्ता लगाई थप कमपिलिकेशनमा जान नदिन कुन डिगरिङमा छ थाहा पाई अपरेशन गरेर वा बिचैमा व्यवस्थापन गर्न सकिन्छ ।’ महिलाहरुको समस्या पहिचान गरी उपचार गराउने शिविरको मुख्य उदेश्य रहेको जनस्वास्थ्य निरिक्षक भट्टको भनाई छ ।
शिविरको क्रममा अपरेशन गर्नु पर्ने समस्या देखिएकाहरुको निशुल्क अपरेशन साथै बिमारीको साथमा आउने भिजिटरको लागी पनि यतायात सेवादेखि लिएर खान बस्न सबै निशुल्क हुने गरी तयारी गरेको उहाँले बताउनुभयो । ६ दिन सम्म चल्ने शिविरका लागी वडा अनुसार शिविर बस्ने स्थान पनि सूचना मार्फत नै जानकारी गराएको छ । सूचनामा उल्लेख भए अनुसार भोली मंसिर १२ गते वडा नं. १ र २ बारपाकमा, मंसिर १३ गते वडा नं. ४ सौरपानीमा, १४ गते वडा नंं. ३ स्वाँरामा शिविर हुनेछ ।
यस्तै १५ गते बिहान वडा नं. ५ ताकुमाझ लाकुरीबोटमा। १६ गते वडा नं. ६ ताकुकोटमा र १७ गते शनिबार वडा नंं. ७ र ८ को संयुक्त पाँचकुवा देउरालीमा निशुल्क शिविर हुने बताएको छ । पालिका भित्रका सम्पूर्ण महिलाहरुलाई शिविरमा आई आफ्नो स्वास्थ्य परिक्षण गराउन पनि गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टल अपिल गर्नु भएको छ । शिविर बिहान १० बजेदेखी ४ बजे सम्म चल्ने भए पनि बिमारीको चाँप बढे समय लम्ब्याउन सकिने बताएको छ ।