Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा आगलागी


3.3K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा आगलागी

चितवन, ११ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्लास्थित सम्पर्क कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।

आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको जानकारी दिनुभयो । घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology