Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु


2.1K
Shares

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

दाङ ,१० मंसिर । करेन्ट लगाएर माछा मार्ने क्रममा आज शनिवार दाङमा एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँको मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीको भजनी नगरपालिका ७ ढुसेका ४८ वर्षीय सुरेश डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दिउँसो साढे २ बजेतिर स्थानीय कुलोमा करेन्ट लगाइ माछा मार्ने क्रममा डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीको जानाकारी दिनुभयो।

डाँगी तुलसीपुर १६ मा बस्दै आउनुभएको थियो । स्थानीय पेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतक डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology