Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

हारको जिम्मेवारी लिदै माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष बरालले दिए राजिनामा


1.5K
Shares

हारको जिम्मेवारी लिदै माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष बरालले दिए राजिनामा

बुटवल १० मङ्सिर ः हारको नैतिक जिम्मेवारी लिदै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि हारको नैतिक जिम्मेवारी लिंदै उहाँले प्रदेश समितिको अध्यक्ष पदबाट राजिनामा दिनुभएको हो । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष पदबाट राजिनामा दिएपनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण उहाँले बिज्ञप्ति मार्फत गर्नुभएको छ । पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सिट बाँडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न नसकेको लगायत कारण रहेको उल्लेख छ।

उहाँ माओवादी केन्द्रका तर्फबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको दावेदार समेत हुनुहुन्थ्यो ।२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो। यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले ५ सिटमात्र जितेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology