काठमाडौं,९ मंसिर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदी भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।