Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

क्लब विहिन रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध


1.2K
Shares

क्लब विहिन रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं, ८ मंसिर । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फुटबल एसोसिएसनले दुई खेलमा प्रतिबन्ध लगाएको छ । अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । साथै उहाँलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

मंगलबार मात्रै युनाइटेडसँग आपसी सम्झदारी सम्झौता तोडेपछि रोनाल्डो अहिले क्लबविहिन छन् । हाल विश्वकप फुटबल खेल्नका लागि रोनाल्डो पोर्चुगिज टिमसँग कतारमा छन् र बिहीबार पोर्चुगलले पहिलो खेल घाना विरुद्ध खेल्दैछ ।हाल रोनाल्डो क्लबविहिन छन् ।

अब रोनाल्डो जाने नयाँ क्लबमा उनको प्रतिबन्ध लागु हुनेछ । तर महादेशीय स्तरको क्लब प्रतियोगिता च्याम्पियन लिगहरुमा भने प्रतिबन्ध लागु हुने छैन । गत अगस्टमै पुलिसले रोनाल्डोलाई यस विषयमा सचेत गराइसकेको थियो भने रोनाल्डोले पनि उक्त समर्थकसँग माफी मागिसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology