Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दोब्बर मतान्तरले गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिजयी


2K
Shares

दोब्बर मतान्तरले गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिजयी

गोरखा, ८ मङ्सिर (रासस) ः प्रतिनिधिसभामा गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले बिजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार १ सय ३ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँले आफ्ना निकटतम निकतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार कबिन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६६ मतले पछाडी पार्दै बिजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनु भएको छ । उहाँले ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभएको साहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार ९ सय ७८ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology