Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु


1.3K
Shares

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङ,७ मंसिर । दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट बालिकाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बालिकालाई ठक्कर दिए लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology