Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नागा चैतन्य अभिनेता फिल्म ‘कस्टडी’ को फर्स्ट लुक सार्वजनिक


2.4K
Shares

नागा चैतन्य अभिनेता फिल्म ‘कस्टडी’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौं, ७ मंसिर । दक्षिण भारतीय अभिनेता नागा चैतन्यको आगामी फिल्म ‘कस्टडी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। अभिनेता चैतन्यको ३६ औं जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा नागा चैतन्यलाई पुलिस ‘कस्टडी’ मा देख्न सकिन्छ। उहाँलाई पुलिसकर्मीहरूले बन्दुक ताकेका छन्। पोस्टर सार्वजनिक गरिए पनि फिल्मको प्रदर्शन मिति तोकिएको छैन। त्यस्तै अहिलेसम्म मुख्य अभिनेत्रीको बारेमा पनि जानकारी दिइएको छैन। एक्सन फिल्मलाई वेंकेट प्रभुले निर्देशन गरेका हुन्। श्रीनिवास चित्तुरीको लगानी रहेको फिल्म तमिल र तेलुगूमा प्रदर्शन हुनेछ।

सन् २००९ मा दक्षिणा भारतीय फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेका नागा चैतन्यले सन् २०२२ मा आमिर खान र करीना कपूर खानको फिल्म ‘लाल सिंह चड्डा’ बाट बलिउडमा डेब्यु गरेका थिए। उनी दक्षिण भारतीय अभिनेता नागार्जुन अक्किनेनीको छोरा हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology