Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ


1.9K
Shares

खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

नवलपरासी, ७ मंसिर । नवलपरासी बर्दघाट नगरपालिका(४ को एक खाजा पसलमा मंगलबार राति खुकुरी प्रहारको घटनामा संलग्नको आरोपमा एक जना पक्राउ परेका छन् ।

मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको चिन्ताजनक छ ।
घटनामा संलग्नको आरोपमा बर्दघाट नगरपालिका –२ का ५० वर्षका ज्ञानेन्द्रबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जनाकारी दिनुभयो ।

मंगलबार राति करिब ९ बजे समयमा खाजा पसलमा पुगेका रानाले पसलधनी ४२ वर्षकी विष्णुकुमारी काउछा र कोठामा बसेका ४६ वर्षका दीलिपकुमार पुनमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ ।

मृतक बडीगाड गाउँपालिका–४, बाग्लुङका हुन् । चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बागलुङको बडीगाडकै हुन् ।विगत ४÷५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । मृतक पुन र विष्णु नाताले दाजु बहिनी हुन् । खुकुरी प्रहारपछि भागेका रानालाई आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरिएको डीएसपी पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology