Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा–२ (१) मा नेसपाका देवकोटा बिजयी


2.1K
Shares

गोरखा–२ (१) मा नेसपाका देवकोटा बिजयी

गोरखा, ७ मङ्सिर । प्रदेशसभा गोरखा क्षेत्र नम्बर २ (१) मा नेपाल समाजबादी पार्टीका फणिन्द्र देवकोटा बिजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा देवकोटाले १२ हजार ४ सय ११ मत ल्याएर बिजयी हुनुभएको साहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका राजु रानालाई पराजित गर्नुभएको हो । रानाले ५ हजार ४१० मत प्राप्त गर्नुभएको छ । बिजयी देवकोटा बामलोकतान्त्रिक गठबन्धनका तर्फ उमेद्वार रहनुभएको थियो ।

उहाँले नेकपा माओवादी केन्द्रको हसिँया हथौडा चुनाव चिन्हबाट चुनाव जित्नु भएको हो । देवकोटाले रानालाई ७ हजार १ मतले पछि पार्दै जित हात पार्न सफल हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology