Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पाँच हजार भन्दाबढि मतान्तरले गोरखा–१ (क) मा माओवादी केन्द्रका धिताल बिजयी


1.2K
Shares

पाँच हजार भन्दाबढि मतान्तरले गोरखा–१ (क) मा माओवादी केन्द्रका धिताल बिजयी

गोरखा, ८ मङ्सिर  ः प्रदेशसभा गोरखा क्षेत्र नम्बर १ (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण धिताल बिजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न भएको मतगणनामा धितालले १५ हजार ४ सय ५६ मत ल्याएर बिजयी हुनुभएको साहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।

उहाँ बामलोकतान्त्रिक गठबन्धनका तर्फ उमेद्वार बन्नु भएको थियो । धितालका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुरेन्द्र थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभएको छ ।

धितालले प्रतिद्धन्द्धी थापाले भन्दा ५ हजार ६ सय ३४ बढी मत प्राप्त गर्नुभएको हो । उहाँ माओवादी केन्द्र गोरखा जिल्लाको इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology