गोरखा, ७ मङ्सिर ः प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले १४ हजार ४ सय ७६ मत प्राप्त गर्दै आफ्नो अग्रता फराकिलो बनाउदै लैजानु भएको छ । बुधबार बिहान ५ः३० बजेसम्म गणना भएको २५ हजार ५ सय ८७ मतमा अध्यक्ष दाहालले १० हजार ४ सय ९१ मतले अग्रता लिनु भएको हो ।
उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ३ हजार ९ सय ८५ मत ल्याएर पछ्याई रहनु भएको छ । त्यस्तै अर्का उमेद्वार नेकपा एमालेका अब्दुस सलिम मियाँले कुल ३ हजार ५ सय २३ मत प्रापत गर्नुभएको छ । ५३ हजार ९ सय ७८ मत खसेको क्षेत्र नम्बर २ मा अझै २८ हजार ३९१ मत गणना हुन बाँकी छ ।