Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विश्वकपमा आज चार खेल हुँदै


1.6K
Shares

विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं,६ मंसिर । फिफा विश्वकप २०२२ कतारअन्तर्गत आज चार खेल हुँदैछन्। पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबीच भिडन्त हुँदैछ।

समूह सी को यो खेल नेपाली समय अनुसार दिउँस ३ं :४५ बजे सुरु हुनेछ।

यता समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल राति ९ :४५ मा सुरु हुनेछ।

त्यसअघि समूह डी को खेलमा डेनमार्क र ट्युनिसिया साँझ ६ : ४५ बजे भिड्नेछन्।

दिनको अन्तिम खेलमा समूह डी को साविक विजेता फ्रान्स र अस्ट्रेलियाबीच मध्यरात १२ :४५ बजे प्रतिस्पर्धा हुनेछ।

आजका खेल
अर्जेन्टिना भर्सेस साउदी अरेबिया : दिउँस ३ः ४५ बजे
डेनमार्क भर्सेस ट्युनिसिया साँझ :  ६ : ४५ बजे
मेक्सिको भर्सेस पोल्यान्ड राति : ९ : ४५ बजे
फ्रान्स भर्सेस अस्ट्रेलिया राति :  १२ः ४५ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology