गोरखा, ६ मङ्सिर ः गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फको निर्वाचनको मतगणना आजदेखि सुरु भएको छ । मतदान सम्पन्न भएको दुईदिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नम्बर १ मा सर्वदलिय सहमती गरी बिहान करिब ११ ः१५ बजेदेखि मतगणना गर्न थालिएको साहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।
बिकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सवै मतदान केन्द्रबाट हेलिकप्टर मार्फत मतपेटिका ल्याइएको थियो । नेपाली सेनाको हेलिकप्टर मत पेटिका ल्याएको हो । क्षेत्र नम्बर १ मा चुमनुब्री गाउँपालिकाको बिभिन्न मतदान केन्द्रका ६ वटा मतपेटिका मिसाएर गणना सुरु गरिएको हो ।
यो क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनबाट नेपाली काग्रेसका राजेन्द्र बजगाई चुनावी मैदान रहनु भएको भने नेकपा एमालेबाट गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत मुख्य प्रतिस्पर्धामा रहनु भएको छ । गोरखा क्षेत्र नम्बर १ मा ५९ हजार ८९ मत खसेको छ । क्षेत्र नम्बर १ मा १ लाख १५ हजार ३ सय ९७ मतदाता रहेका छन् ।