Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा क्षेत्र न २ मा माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता


3.1K
Shares

गोरखा क्षेत्र न २ मा माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता

गोरखा, ६ मंङ्सिर : प्रतिनिधीसभा गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पराकिलो अग्रता कायम गर्दैै लैजानु भएको छ । बिहान ६ बजेसम्म करिब ६ हजार मतपत्र गणना गर्दा उहाँले ३ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ९ सय ३५ मतका साथ पछ्याई रहनु भएको छ ।

त्यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँले अहिलेसम्म ८ सय ६४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ ।

अहिलेसम्म समानुपातिक तर्फ माओबादी केन्द्रले १ हजार ७९४ नेपाली काँग्रेस १ हजार ६३ , नेकपा एमालेले २ सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ७४ मत प्राप्त गरेको साहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । त्यस्तै गरी, प्रदेशसभा तर्फ समानुपातिमा २ (क) मा माओबादी केन्द्रले १ हजार ४७८ मत र एमालेले ७ सय ७८ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology