५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो ।
सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, मुगु, जाजरकोट र कालिकोटमा मतपेटिका संकलन गर्नै बाँकी छ ।
हुम्ला र डोल्पाका अधिकांश ठाउँको मतपेटिका संकलनका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था छ । अहिलेसम्म हेलिकोप्टर नै जिल्लामा नपुगेकाले मतपेटिका सम्वन्धित ठाउँमा पु¥याउन नसकिएको हुम्लाका प्रमुख निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चंखेली, ताँजाकोट अदानचुलीमा मतदान केन्द्रहरूका मतपेटिका आएका छैनन् । ‘अधिकांश क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था छ । अहिलेसम्म हेलिकोप्टर हुम्ला पुगेको छैन, सुर्खेतबाट आउने भन्ने खबर सुनिएको छ,’ रानाले भन्नुभयो । हेलिकोप्टर समयमै आए आज बेलुकासम्म मतपेटिका संकलन गरिने रानाले बताउनुभयो ।